रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

Jasus Khabar 3925+ समाचार ( )
१० वैशाख २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १९ जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।

यसअघि २६ चैतमा थप गरिएको म्याद आज बुधबार सकिने भएपछि मिश्रसहित १९ जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो।

तीनकुने घटना भएकै दिन चैत १५ गतेकै राति पक्राउ परेका मिश्रलाई साेपछि प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ। उनीसँगै पक्राउ परेका सासंद धवलशमशेर जबरालाई भने प्रहरीले स्वास्थ्यको कारण देखाउँदै थुना मुक्त गरेको छ । यद्यपि उनीविरूद्धको अनुसन्धान भने  सन्चो भएर फर्केपछि पुन: सुरु गर्ने तयारी प्रहरीको छ । 

उनीहरुलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाउने तयारी प्रहरीको छ । 

प्रतिक्रिया