जसपा नेपालको चेतावनी: सामाजिक सञ्जालमा पार्टीविरूद्ध लेखेमा कारवाही गर्ने

Jasus Khabar 1+ समाचार ( )
८ अशोज २०८१

उपेन्द्र यादवको नेतृत्वमा रहेको जनतान्त्रिक समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको हित विपरीत सामाजिक सञ्चालमा बोल्न र लेख्न रोक लगाएको छ।

हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका नेता कार्यकर्तालाई अनुशासन र आचारसंहिता पालना गर्न निर्देशन दिएको छ। महासचिव लालबाबु राउतले पार्टी पंक्तिलाई परिपत्र गर्दै फेसबुक, ट्विटर र अन्य सामाजिक सञ्जालमा पार्टीविपरीत बोल्न वा लेख्न रोक लगाएको जानकारी दिएका छन्।

परिपत्रमा भनिएको छ, “पार्टी वा पार्टीसँग आबद्ध सङ्गठनका पदाधिकारी एवम् सदस्यहरूले पार्टीको हितलाई आघात पुग्नेगरी वा पार्टी अनुशासन र आचारसंहिता विपरीत लेख्ने, बोल्ने वा कार्य गर्नेलाई मातहतका पार्टी समितिले पार्टी विधान अनुसार कारवाही गर्ने निर्णय गरियो।”

यसबाहेक, जनतासँग जसपा अभियानमा असहयोग गर्ने, निष्क्रिय रहने वा सहभागी नहुने सदस्यहरूलाई मातहतका समितिहरूले पार्टीको जिम्मेवारीबाट मुक्त गर्नसक्ने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया