हमासलाई ट्रम्पले भने- २० जना बन्धकलाई तुरुन्तै छोड

Jasus Khabar 3925+ समाचार ( )
१९ भाद्र २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘ट्रुथ सोसल’मा गरेको पोस्टमार्फत हमासलाई २० जना बन्धकलाई तुरुन्तै छोड्न भनेका छन् । उनले लेखेका छन्, '२ वा ५ वा ७ होइन, सबै २० जना ।'

हमासले बन्धकलाई छोडेमा परिस्थिति छिट्टै बदलिने पनि ट्रम्पले दाबी गरेका छन् । उनले निष्कर्षमा भनेका छन्, 'युद्ध समाप्त हुन्छ ।'

ट्रम्पले २० जना मात्र जीवित बन्धकहरू रहेको अनुमान गरेका छन् तर हमाससँग कुल ४८ जना बन्धक कब्जामा छन् ।

बन्धक र बेपत्ताका परिवारहरूको फोरमले अमेरिकी राष्ट्रपतिलाई पठाएको सन्देशमा भनेको छ, 'हाम्रो राष्ट्रका लागि यो दुःस्वप्न तबसम्म समाप्त हुँदैन, जबसम्म सबै ४८ जना बन्धकहरूको विवरण सुनिश्चित हुँदैन ।'

उनीहरूले ट्रम्पलाई कब्जामा रहेका सबै ४८ जना बन्धकहरूलाई इजरायलमा फर्काउने सुनिश्चित गर्न प्रयास गर्न अनुरोध गर्दै आएका छन् । ट्रम्पले ११ अगस्टमा २० भन्दा कम बन्धकहरू जीवित रहेको बताएका थिए । 


प्रतिक्रिया