धरानमा लागुऔषध सहित ७ जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१३ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१५ सडन रोडस्थित क्षेत्रमा लागुऔषध कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ।


शुक्रबार राति करिब ९ बजे वडा प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक विर बहादुर भण्डारीको कमाण्डमा खटिएको चेकजाँच टोलीले विभिन्न स्थानहरूमा शंका लागि चेकजाँच गर्ने क्रममा लुकाइछिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।


पक्राउ परेकाहरू धरान १५ स्थित सडन रोडबाट अन्दाजी ४ किलोमिटर पूर्वको विभिन्न क्षेत्रबाट पक्राउ परेका हुन्। उनीहरूलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।


पक्राउ पर्नेमा धरान १५ गोबिन्द मार्गका ३४ वर्षीय सुरेश गुरुङको साथबाट ट्रामाडोल ३७ क्याप्सुल, स्पासपेन ८२ चक्की, डिकोलिक ४० चक्कीVivo मोबाइल १ थान बरामद गरिएको छ।


त्यसैगरी, धरान १५ सुनगाभा मार्गका २२ वर्षीय नरेश राईको साथबाट ट्रामाडोल २१८ क्याप्सुल, डिकोलिक १०० चक्कीRedmi A9 मोबाइल १ थान फेला परेको छ।


नरेश राईसँगै कोठामा रहेका धरान १९ प्रगति चोकका २३ वर्षीय अनिकेत राईको साथबाट Redmi मोबाइल १ थान, धरान १५ पिण्डेश्वरी चोकका १६ वर्षीय संगम राईको साथबाट Iphone मोबाइल १ थान बरामद गरिएको छ।


धरान ८ सहिद रतन मार्ग बस्ने २५ वर्षीय सनम परियारको साथबाट ट्रामाडोल २० क्याप्सुल, स्पासपेन २० चक्की र धनकुटा डाँडाबजार स्थायी घर भई हाल धरान १५ सडन रोडमा डेरा गरी बस्ने ४५ वर्षीय चन्द्र लिम्बुको साथबाट ट्रामाडोल २६६ क्याप्सुल, स्पासपेन १० चक्की, डिकोलिक १६० चक्की, Pro कम्पनीको किप्याड फोन १ थान, घडी १ थाननगद १ हजार २ सय ६० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।


त्यस्तै, धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने ३७ वर्षीय कुल ब. बान्ताबाको साथबाट ५०० ग्राम गाँजाRedmi मोबाइल १ थान बरामद गरिएको छ।


प्रहरीले उनीहरूलाई लागुऔषध मुद्दामा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार