हरिनगर गाउँपालिकाद्वारा ५९ करोड ७९ लाखभन्दा बढीको बजेट सार्वजनिक

Jasus Khabar 3952+ समाचार ( )
९ आषाढ २०८३

सुनसरी । हरिनगर गाउँपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको मंगलबार सम्पन्न २१औँ गाउँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ३६ करोड १३ लाख ७ हजार २ सय २० रुपैयाँ र पुँजिगत खर्च तर्फ २२ करोड ६६ लाख ११ हजार ८ रुपैयाँ गरी कुल ५९ करोड ७९ लाख १८ हजार २ सय २९ रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको हो।


गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, रोजगार सिर्जना, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाएको छ।


स्थानीय आवश्यकता र दिगो विकासका लक्ष्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित आगामी आर्थिक वर्षमा विभिन्न विकास निर्माण तथा सेवा प्रवाहका कार्यक्रम कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ।


गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत समग्र विकास, जनसेवा प्रवाहमा सुधार तथा आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया