काठमाडौं महानगरपालिकाले आगामी बुधबारदेखि सीप मेला २०८२ सञ्चालन गर्ने भएको छ । रोजगार र आय वृद्धि, काठमाडौंको समृद्धि भन्ने नाराका साथ महानगरले आयोजना गर्ने सीप मेलामा सहभागी हुन आवेदन माग गरेको छ ।>
यही ७ जेठदेखि सञ्चालन हुने उक्त सीप मेलामा सहभागि हुनका लागि यही ५ जेठ साँझभित्र आवेदन बुझाउनुपर्ने महानगरले जनाएको छ । सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाका अनुसार १० क्षेत्रका ३४ विषयसँग सम्बन्धित तालिम सञ्चालन गरिनेछ ।>
साथै, महानगरले यस वर्षको तालिम सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजीक्षेत्र तथा दातृ निकायसँगको सहकार्यमा २०८२ जनालाई निःशुल्क प्रदान गर्ने तयारी गरेको छ । कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटीमा व्यापार व्यवसाय गरिरहेकाहरूलाई तालिमको प्राथमिकतामा राखिएको महानगरले जनाएको छ । १८ देखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिक तालिममा सहभागी हुन पाउनेछन् ।>
तालिमका क्षेत्र र विधा १० वटा क्षेत्रका ४२ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ ।>
आईसीटीका १२ पेसा र ब्युटिसियनका पाँचवटा पेसासँगै विशेष क्षमता सहयोगी तालिम (स्पेशल एबिलिटी सपोर्ट स्किल), (डाउन सिन्ड्रोम, अटिज्म)तर्फ हाउस किपिङ (पीडब्लूडी) र केयर सर्भिस गरी दुईवटा विधाका तालिम चल्नेछन् ।>>