बजेटमा सुदूरलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

Jasus Khabar 3925+ समाचार ( )
८ वैशाख २०८२

प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच भेट भएको छ । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओली र मुख्यमन्त्री शाहबिच भेट भएको हो ।

भेटमा  सुदूरपश्चिम प्रदेशको विकासका सन्दर्भ कुराकानी भएको थियो । मुख्यमन्त्री शाहले  प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा बिकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई सोही अवसरमा जानकारी गराएका थिए। 

उनले आर्थिक बर्ष २०८२/८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। भेटमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको पनि उपस्थित थिए।

प्रतिक्रिया