ट्विटरको सिइओबाट राजीनामा दिने एलन मस्कको घोषणा

Jasus Khabar 1+ समाचार ( )
६ पौष २०७९

सामाजिक सञ्जाल ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले पदबाट राजीनामा दिने भएका छन्।

बुधबार बिहान ट्विट गर्दै आफू छिट्टै सिइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्विटरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए।

ट्विटरमा गरिएको भोटिङ पोलमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए। यस्तै ४२.५ प्रतिशतले अलग हुनु पर्दैन भन्ने पक्षमा मत दिएका थिए।

भोटिङ पोल सिइओबाट अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि मस्कले सिइओ पदबाट राजीनामा दिने भएका हुन्।

‘म सिइओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु। यसपछि म केबल सफ्टवेयर र सर्भर चलाउनेछु,’ मस्कले भनेका छन्।

अक्टोबरको अन्त्यमा ४४ बिलियन डलरमा ट्विटर किनेका मस्कले ट्विटरमा ल्याएका नयाँ फिचरका कारण विवादमा आइरहेका थिए।

प्रतिक्रिया