भारत र पाकिस्तानबीच युद्धविराम भएको ३ दिनपछि एयर इन्डियाले यात्रुहरूका लागि एक एडवाइजरी जारी गरेको छ।>
एडवाइजरीमा भारतका निजी विमान कम्पनी एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरेको जानकारी दिएका छन्।>
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, 'पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै मे १३ मंगलबार जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ।'>
इन्डिगोले मंगलबार जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट आफ्ना उडानहरू रद्द गर्ने जानकारी पनि दिएको छ।>
एडवाइजरीमा यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ।>
भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य झडपपछि मे १० मा युद्धविराममा सहमति भएको थियो।>
>
तर भारतीय सेनाले सोमबार जम्मू कश्मीरको साम्बा सेक्टरमा शंकास्पद ड्रोन देखिएको बताएको छ।>>