ताप्लेजुङमा पहिरोले फाक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । >
रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए । ‘उपाध्यक्षको परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ’ उनले भने, ‘ पहिरोले दुई वटा घर बगाएको छ ।’ >
पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।>
>>