गोली चलाएर सप्तरीमा दुईजना लागुऔषध कारोबारी पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१८ श्रावण २०८२

सप्तरीमा प्रहरीले दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीका बडिबिरपुर–१ घर भएका विशाल राय र डाक्नेश्वरी–७ घर घर भएका मनोज राय छन् ।

उनीहरूलाई प्रहरीले गोली चलाएर पक्राउ गर्न सफल भएको हो । भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । उनीहरूको साथबाट २ सय ग्राम खैरो हेरोइन बरामद भएको छ ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया