अजमल अन्सारी>
सुनसरी । “विकास भनेको देखिने र अनुभव हुने हुनुपर्छ,” भन्ने मन्त्रका साथ अघि बढेका हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीको नेतृत्वमा गाउँपालिकाले पछिल्ला केही वर्षमा अभूतपूर्व प्रगति गरेको छ। शून्यबाट सुरु भएको गाउँपालिकाले अहिले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र प्रशासनिक व्यवस्थापनमा उदाहरणीय उचाइ हासिल गरेको छ।>
>
पूर्वाधार निर्माणमा ऐतिहासिक काम>
गफार अन्सारीको पहिलो कार्यकालमै हरिनगरमा ३२ किलोमिटर कालोपत्रे सडक निर्माण भयो। नौवटा साना तथा ठूला पुलहरूले गाउँभित्रका बस्तीहरूलाई सघन रूपमा जोडिदिए। सडक अतिक्रमण हटाउन अध्यक्ष स्वयं जेसिभी लिएर अगाडि सरेको दृश्य आज पनि स्थानीयहरूलाई प्रेरणा दिन्छ। पालिका अध्यक्ष अन्सारीले अहिलेसम्ममा जम्मा ५२ किलोमिटर कालोपत्रे सडक निर्माण गरेका हुन् ।>
>
>
प्रशासनिक भवन: गौरवको प्रतीक>
करिब साढे ९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको गाउँपालिकाको आफ्नै प्रशासनिक भवनले हरिनगरलाई संस्थागत विकासतर्फ उन्मुख गराएको छ। यस भवनमा अत्याधुनिक सभाहल, सवारी साधन पार्किङलगायतका सेवा समेटिने छन् । जसले प्रशासनिक कार्यसम्पादनलाई थप पारदर्शी र प्रभावकारी बनाउनेछ।>
>
>
शिक्षा र स्वास्थ्य: दुवैमा सशक्त सुधार>
हरिनगर बहुमुखी क्याम्पसको स्थापना तथा सबै वडामा माध्यमिक तहसम्मको शिक्षाको पहुँचले शिक्षा क्षेत्रमा कायापलट ल्याएको छ। स्वास्थ्य क्षेत्रमा पनि सातवटै वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिनुका साथै १५ शैँय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। दुई जना एमबिबिएस डाक्टरको स्थायी उपस्थिति र २४ घण्टा आकस्मिक सेवा उपलब्ध गराउने तयारीले स्वास्थ्य सेवा भरपर्दो बन्दै गएको छ।>
>
>
कृषि: आधुनिकीकरणको पाइला>
परम्परागत कृषि प्रणालीलाई पछ्याउने ठाउँमा हरिनगर अब आधुनिक कृषिको अभ्यास गर्दैछ। यान्त्रिक उपकरणहरूको वितरण, विद्युतीय सिँचाइ प्रणालीको सुरुआत र व्यावसायिक कृषि तालिमले कृषकहरूलाई आधुनिक सोच र पद्धतितर्फ डोर्याएको छ।>
>
>
२०८४ सम्मको दृष्टि: "सपना होइन, योजना">
अध्यक्ष अन्सारीको नेतृत्वमा गाउँपालिकाले दीर्घकालीन समृद्धिको योजना अघि सारेको छ। २०८४ सम्ममा हरिनगरलाई पूर्ण शिक्षित, स्वस्थ, स्वरोजगारमुखी र पूर्वाधार सम्पन्न बनाउने दृढ लक्ष्यका साथ योजना कार्यान्वयन हुँदैछ।>
>
>
हरिनगर आज उदाहरणीय बनेको छ—जहाँ नेतृत्व इमानदार छ, त्यहाँ परिवर्तन असम्भव हुँदैन।>
अध्यक्ष गफार अन्सारीको प्रतिबद्धता, पारदर्शिता र जनताप्रतिको उत्तरदायित्वले गाउँपालिकालाई समृद्धिको बाटोमा डोर्याएको छ । यो सफलताको कथा हो, जुन अब देशभरका स्थानीय तहहरूका लागि प्रेरणादायी बनेको छ।> >>