चीनको तिब्बतस्थित लेन्देखोलामा अकल्पनीय रूपमा आएको भीषण बाढीले क्षति गरेको स्थानमा पुनर्निर्माण सुरु गरिएको छ । नेपालतर्फ पनि रसुवागढी जाने नाका ठूला तथा हेभी इक्युपमेन्टमार्फत सडक तथा विध्वंस भएका अन्य संरचनाको पुनर्निर्माण कार्य भइरहेको छ ।>
अकल्पनीय रूपमा मंगलबार लेन्देखोलामा आएको बाढीबाट पुल, जलविद्युत्, यातायात, भन्सार तथा विद्युतीय गाडीमा विध्वंस मच्याएको हो । बाढीले सयौं रोपनी जमिन कटान गरेको छ । छिमेकी चीनले रसुवागढी नाकामा रहेको स्थानमा बाढीले गरेको फोहोर हटाउन र पन्छाउने कार्य गरिरहेको छ । चीनका तर्फबाट नेपाली अधिकारीलाई समन्वय गरी बाटो तथा पुल निर्माणका सम्बन्धमा शुक्रबार चासो व्यक्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्र्रुवप्रसाद अधिकारीको भनाइ छ ।>
>
अधिकारीका अनुसार चीनले पहिलो चरणमा रसुवागढी नाकाको पहिरो व्यवस्थापन गरिरहेको छ । समय मिलाएर बेलिब्रिजसमेत राख्ने आशययुक्त जानकारी नेपाली पक्षलाई आएको अधिकारीले शुक्रबार बेलुकी बताए । रसुवागढी नाका हुँदै नेपालतर्फ आएका सामानहरूको दैनिक रूपमा न्यूनतम १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुँदै आएको थियो । बाढीग्रस्त स्थानमा नेपाली सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरूलेसमेत स्थलगत अनुगमन गरिरहेका छन् ।>
>>
>>
>>>>
रसुवागढी नाका जाने सडक जहाँ बाढीले निकै क्षति गरेको स्याफ्रुबेंसी–रोंगा–टिमुरे–रसुवागढी सडकखण्डको पुनर्निर्माण तथा मर्मतका लागि सडक आयोजना, डिभिजन सडक, यान्त्रिक कार्यालय नुवाकोटसँग समन्वय गरी हाल तीन थान वटा जेसिभी, एक थान ब्रेकर तथा जनशक्ति व्यवस्थापन काम तीव्रताका साथ भइरहेको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोकनाथ घिमिरेले बताए । उनका अनुसार रसुवागढी नाका जोड्ने उक्त सडक बढीमा एक साताभित्र अस्थायी सडक सुचारु हुने गरी काम भइरहेको छ । >
बाढीबाट भएको क्षतिको विवरण नेपाल पक्षले संकलन गरिरहँदा मित्रराष्ट्र चीनतर्फ पुनःनिर्माण कार्यन थालिएको छ । तिब्बतस्थित ल्हेन्दे खोलामा आएको बाढीले नेपालतर्फ भीषण रूप लिएको थियो । बाढीबाट रसुवागढी नाका तथा विद्युत र पुर्वाधारमा अर्बौंको क्षति भएको छ । बाढीमा परेर तीन जना सुरक्षाकर्मीसहित २० जना हराइरहे पनि हालसम्म एक जनाको शव फोला परेर सनजाखतसमेत भइसकेको छ । बाढीमा बेपत्ता भएका दुई प्रहरी, ६ जना चिनियाँ र अन्य नेपाली चालक र कामदारसहित १९ जनाको पहिचान भएको छैन । जसमा १२ जना नेपाली र ६ जना चिनियाँसहित छन् ।>
बाढीमा परेर बेपत्ता भएका प्रहरी सहायक निरीक्ष लालबहादुर श्रेष्ठको सनाखत भई अन्तिम संस्कारसमेत गरिसकिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढीले नेपालतर्फ १२ स्थानमा सडक ध्वस्त भएकामा पुनर्निर्माण तथा मर्मत जारी छ । त्यसका लागि प्रहरी, सशस्त्र प्रहरी, सेना, सडक कार्यालयलगायतका सयौं प्राविधिक दैनिक खटिइरहेको जिल्ला प्रशासिन कार्यालय रसुवाले जनाएकोे छ । क्षतिको मूल्यांकन गर्न गठित विशेष समितिले स्थलगत अनुगमन तथा प्रतिवेदन बनाउने कार्य गरिहरहेको छ । >
चीनले बाढीले क्षतिग्रस्त स्थान पुनर्निर्माणका लागि आवश्यक सामग्री जुटाइसकेको छ । केरुङबाट रसुवागढीसम्म आउने सडक खुलाउने कामलाई तीव्र पारेको छ । बाढीले नेपालतर्फ सम्पर्कको एक मात्रै माध्यम मितेरी पुल बगाइसकेको छ । उक्त पुलको तिब्बततर्फ चीनले डोजर लगाएर सफाइ कार्य गरेको हो । उक्त स्थानमा करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज राख्ने तयारी चिनियाँ पक्षले गरिरहेको जानकारी आएको गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्वु तामाङले बताए । उनका अनुसार पारीतर्फ चीनले बाढीको माटो र ढुंगाको चाङ पन्छाएर सडक बनाउने काम गरिरहेको छ । >
बाढीका कारण चीनको भूभागमा फसेका ९१ ज्ना नेपाली नागरिकलाई समन्वय गरी चिनियाँ पक्षले नेपाल फर्काउने व्यवस्थापन नभएसम्म सुरक्षित रूपमा आ श्रय दिएर राखेको छ । बस्ने र खाने सुविधासहित चीनले उनीहरूको व्यवस्थापन गरेको रसुवा प्रशासनले जनाएको छ । बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएकासमेत तीन दिनमा झन्डै ९ सय जनाको उद्धार गरिएको छ । नेपाली सेना, निजी क्षेत्रको हेलिकप्टर तथा पैदल डोरी लगाएर उनीहरूको उद्धार गरिएको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले जानकारी दिए । >
उनका अनुसार बाढीमा फसेका विदेशी, स्वदेशी कर्मचारी, कामदार, पर्यटक सबैलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको होे । अहिलेसम्म लेन्देखोलाको बाढी त्रिशूलीमा मिसिँदा फेला परेका मानवका ११ वटा शवहरूको सनाखत हुन सकेको छैन । >
प्रहरीका अनुसार कतिपय शव पहिचान हुन नसक्ने अवस्थाको र कतिपय मानव अङ्गमात्र फेला पारिएको छ । शव तथा मानव अंग हात तथा खुट्टा पहिचानका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । प्रहरीका अनुसार अझै १९ जना बेपत्ताका सूचीमा छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको हो् । तर, अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन । उक्त बाढीमा परेकाहरूको उद्धार तथा वाटो पुनर्निर्माणका लागि १ हजार ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।>
बेपत्ताहरूको खोजी शुक्रबार बेलुकीसम्म पनि जारी रहेको प्रहरीले जनाएको छ । उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएर नामोनिशान नै छैन् भने नेपालको टिमुरेस्थित रसुवा भन्सार तथा आसपासमा राखिएका सयौं थान कन्टेनर, ट्रक, कन्टेनर र विद्युतीय गाडी बगाएको व्यवसायीहरूक भनाई छ । >
स्याफ्रुबेंसीबाट टिमुरे हुँदै रसुवागढी जाने सडकको १२ स्थान बाढी तथा पहिराले क्षति पुगेको छ । तिब्बतमा रहेको हिमताल बिस्फोट भई बाढी आएको जनाइकोमा हालसम्म हिमतालबारे एकिन विवरण आइनसकेको अवस्थामा चीनले नेपालतर्फ जोड्ने सडक पुनर्निर्माण अभियानलाई तीव्रता दिएको हो । चीनले एकैसाथ आधा दर्जन डोजर र ट्रिपर चीनतर्फको रसुवो पोर्टमा परिचालन गरेर भत्किएको सडक मर्मत गर्ने, माटो भर्ने, पानी कटाउने र भत्किएका पर्खाल उठाउने कामलाई चीनले तीव्रता दिएको वारीवाटै देखिएको स्थानीयवासीको भनाइ छ ।>
काठमाडौबाट नेपाल–चीन प्रवेशको छोटो दूरीको रसुवागढी नाका जोड्ने लेन्देखोलाको पुल पुनःर्निर्माणका लागि दुई देशका सरकारबीच समन्वय भइरहेको जनाइएको छ । १२ वर्ष अगाडि निर्मित पक्कि पुल बाढीले बगाएपछि अस्थायी संरचनाका रूपमा बेलिब्रिजका लागि समन्वय भइरहेको छ । चीन सरकारका प्राविधिक टोलीले पुल आसपासको क्षेत्रबाट माटो, ढुंगालगायत अवरोध हटाउन थालिसकेका छन् । पुल निर्माणको प्राविधिक विवरण र कार्ययोजनाबारे छलफल भइरहेको रसुवा प्रशासनले जनाएको छ । >
बेलिब्रिज राख्ने विषयमा चीनसँग संघीय सरकारले निर्णय गरिसकेका कारण कुटनीतिक रूपमा पनि आवस्यक समन्वय गरिरहेको जानकारी आएको जनाइएको छ । रसुवागढी जोड्ने केरूङ नाकामा बाढीले गरेको अवरोध हटाउन डोजर अन्य सामानसहित ५० भन्दा चिनियाँ प्राविधिक र मजदुर चीनतर्फ खटिएका छन् । बाढीले पुल बगाएको स्थानमा चीनले डोजर लगाएर सफाइ गरिरहेको छ । यता, रसुवागढी र टिमुरेमा पनि बाढीले ल्याएको लेदो, माटो र ढुंगाले पुरिएका गाडी तथा अन्य सामान पन्छाउने कामलाई अघि बढाइएको छ । स्थानीवासी र मजदुरसमेत लगाएर पुरिएका सामान निकाल्ने काम भइरहेको छ । रसुवा भन्सार कार्यालय मिटमुरे नजिक निमार्णाधिन सुक्खा बन्दरगाहमा फसेका विद्युतीय सवारी साधन र केही कन्टेनरहरू सुरक्षित स्थानमा सारिएको छ ।>
बाढीले क्षति पुर्याउन नसकेका विद्युतीय सवारी साधन र केही कन्टेनरहरूमा रहेको मालसामानलाई लोडर तथा जेसिभी प्रयोग गरी सुरक्षित स्थानमा सारिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार यार्ड क्षेत्र वरपर थुप्रिएको सय मिटर बढी बालुवा हटाइएको र खोज तथा उद्धार कार्य अझै तीव्र बनाइएको जनाइएको छ ।>
बाढीका कारण अवरुद्ध भएको सञ्चार र विद्युत् सेवा बिहीबारैदेखि सुचारु भइसकेको छ । स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड मर्मतका लागि सडक कार्यालयका सवै युनिट, विभिन्न जलविद्युत् आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक पुनर्निर्माणको कार्य भइरहेको छ । बाढीपछि चीनतर्फको अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई चिनियाँ पक्षले केरुङमा सुरक्षित रूपमा राखेको छ । उनीहरूलाई खाना, आवास, औषधि उपचारलगायत आवश्यक सेवा प्रदान गरिएको र दुवै देशका प्रशासनबीच निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको भनाइ छ । >
>>
>>>