नेपाली युवा बक्सर अविरल घिमिरे किक बक्सिङमा तीनवटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ जित्न सफल भएका छन् । उनले जापानको ओसाकामा आइतबार सम्पन्न ‘के वन क्रस १७५’को उपाधि चुमेका हुन् । उनले प्रतियोगितामा जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा पराजित गरे ।>
‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा प्रतिष्ठित प्रतियोगिता मानिन्छ । सो अन्तरराष्ट्रिय खेल हेर्ने जापानमा रहेका नेपाली तथा जापानीको उल्लेखनीय सहभागीता रहेको थियो ।>
प्रतियोगिताका लागि बक्सर अविरलले थाइल्याण्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढमहिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएका थिए ।>
‘के वन क्रस १७५’को उपाधि हात पार्नु नेपाल र मेरो लागि ऐतिहासिक क्षण हो । यसका लागि मेरा पिता एवं प्रशिक्षक कराँते खेलाडी देवलाई विशेष धन्यवाद दिन चाहन्छु । मेरो खेल हेर्न हलमा सहभागी भएका नेपाली र जापानी खेलप्रेमीलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो खेलयात्रा जारी रहने छ,' उपाधि जितेपछि उनले भने ।>>