मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव सुरु

Jasus Khabar 1+ समाचार ( )
विवाह उत्सव
१ पौष २०८०

विवाहपञ्चमीको शुभ अवसरमा भगवान रामचन्द्र र माता सीताको विवाहसँगै आजदेखि मिथिलाञ्चलमा विवाह उत्सव सुरु भएको छ । 

त्रेतायुगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि आजैका दिन भगवान रामचन्द्र र माता सीताको विवाहसँगै सर्वसाधारणले पनि आआफ्ना छोराछोरीको विवाह सुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाह उत्सव मनाउन थालेका छन् ।

आजका दिन माता जानकी (सीता) को जन्मभूमि जनकपुरधाममा दर्जनौं वर कन्याले सामूहिक विवाह गर्ने पनि चलन रहेको छ । मिथिलाका विभिन्न गाउँठाउँमा पनि आजका दिन सयौँ जोडीहरुले विवाह गर्ने भएका छन् । 

आजका दिनमा विवाह गरेमा आफ्नो विवाहको सम्झना सधैँ रहिरहने तथा सधैँ भगवान रामचन्द्र र माता सीताको आशीर्वाद प्राप्त भइरहने लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए ।


प्रतिक्रिया