निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीको विषय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उठेको छ ।>
नेपाली कांग्रेसका सांसद हृदयराम थामीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज कुमार दुरामाथि प्रश्न उठाए । उनले समितिका सभापति टाठोबाठोमध्येको भएकाले थाहा पाइनँ भनेर सुख नपाइने बताए ।>
'दुराजी तपाईं सचिव हो । नयाँ मान्छे होइन । सभापति टाढोबाठोमध्येको सभापति हो,' थानीले आक्रोश पोखे, 'कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइन भन्न मिल्छ ?'>
यो प्रकरणले सिंगो संसदको अपमान भएको र सांसदहरूको मन रोएको थानीले बताए । 'यहाँ ठूलै समूहको हात छ । सांसदको मन रोएको छ । भोलि पार्लियामेन्ट सिस्टमको के रहला ?' उनले प्रश्न गरे ।>
उनले कोर टिम भनेको को हो भन्ने प्रश्न पनि उठाए । 'इमानदार साथ भन्नुस्, कोर टिम को हो ? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ?' थानीले भने ।>
समिति सभापति खतिवडाले नपढी हस्ताक्षर गरेको भन्ने आफूलाई विश्वास नलागेको थानीले बताए । 'कम्तिमा संसदीय समिति गठन हुनुपर्छ । सभापतिले मनपरी गर्नुभयो । हाम्रो चित्त दुखाउनुभयो । तपाईंले नपढेर सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन,' थानीले भने ।>
थानीले दुरालाई थप अगाडि भने, 'दुराजी तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएक हो । सानो समितिले हुँदैन ।'>>