महिला फुटबलका लागि रंगशाला पुनर्निर्माणको काम धमाधम हुँदैछ : बालेन

Jasus Khabar 3959+ समाचार ( )
१२ अशोज २०८२

काठमाडौं महानगरपालिकाले नेपाली महिला फुटबलका लागि महिला फुटबल लक्षित मैदान र मिनिरगंशालमा निर्माण गरिरहेको जनाएको छ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै नेपाली महिला फुटबल टोलीका लागि सानो गौचरणको सानो गौचरण रगंशालाको धमाधम पुन: निर्माण भइरहेको जनाएका छन्। उनले लेखेका छन्, 'केही वर्षदेखि महिला फुटबलले पाएको सफलता कसैमाझ लुकेको छैन। अहिले काठमाडौंको वडां न ५ ले सानो गौचरणको जग्गा सहजीकरण गरेसँगै अहिले सानो गौचरण रगंशालाको पुनर्निर्माणको काम धमाधम भइरहेको छ।'

उक्त रगंशालाको काम २०८१ मसिंर देखि सुरु भएको थियो। रगंशालाको काम २०८२ चैत मसान्तभित्र सम्पन्न गर्न लक्ष्य महानगरपालिको रहेको छ। रंगशाला १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनः निर्माणको जिम्मेवारी पाएको छ।

साे रगंशालामा ९६×६२ मिटरको खेल मैदान बन्ने छ। मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ। वरिपरि सिमा पर्खाल हुनेछ। त्यस्तै रंगशाला परिसरमा चार पाङ्ग्रे २८ र २ पाङ्ग्रे सवारी साधन १७८ अट्ने क्षमताको पार्किङ राखिएको छ।

स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ र पुरुषका लागि १६ शौचालय हुनेछन्। पहिलो तलामा  महिलाका लागि ७ र पुरुषका लागि ५ शौचालय हुनेछन्।

प्रतिक्रिया