मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभसलाई २२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
>
टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले शानदार प्रदर्शन गर्दै निर्धारित २० ओभरमा २२७ रन जोड्यो । नेपालका लागि रुविना बेल्बासे क्षेत्रीले शानदार शतक प्रहार गरेकी छन् ।
>
रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् ।
>
उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ रन थियो ।
>
२०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।
>
नेपालले १८ ओभरमा १९१ रन बनाउन ४ विकेट गुमाएको छ । रुविना ५४ बलमा १० चौका र ३ छक्कासहित १०२ रनमा क्रिजमा छिन् ।
>
रुविनाले समग्रमा आज ५९ बलमा नटआउट रहँदै ११८ रनको विष्फोटक पाली खेलिन् । उनले ५९ बलमा १० चौका र ५ छक्का प्रहार गरिन्।
>
त्यस्तै अर्धशतक हिर्काएकी पूजा महतोले ५९ रन जोड्दा सीता राना मगले १५, कविता कुँवरले १३ र डल्ली भट्टले ६ रन जोडे । इन्दू बर्मा शून्य रनमा आउट भईन् ।
>
पूजा महतोले ३६ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ५९ रन बनाइन्। समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ ।>
नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।
>
>>