भारत, हिमाचल प्रदेशमा यो मनसुन (२४ जुलाई-७ अगस्त) मा वर्षा, बाढी र पहिरोका कारण ३६६ जनाको मृत्यु भएको छ। राज्यले ४ लाख करोड भारतीय रुपैयाँको सम्पत्ति क्षति व्यहोरेको दैनिक भास्करले जनाएको छ। शिमलामा ११६ प्रतिशत र कुल्लुमा ११३ प्रतिशत वर्षा भएको छ, जुन सामान्यभन्दा दोब्बर हो।>
पञ्जाबका २३ जिल्ला बाढीबाट प्रभावित छन्। मौसम विभागले आगामी ३ दिन वर्षाको चेतावनी नदिए पनि सतलज नदीको लुधियानास्थित ससराली बाँध भत्किने खतरा छ। त्यसमाथिको रिङ बाँध पनि कमजोर भएको छ।>
उत्तराखण्डको उत्तरकाशी, नौगाउँमा शनिबार साँझ मुसलधारे वर्षा भएको थियो। बाढीले सडकमा राखिएका धेरै सवारी साधन बगाएको थियो। उत्तर प्रदेशको मथुरामा यमुना नदी सहरबाट एक किलोमिटर टाढा पुगेको छ। घाटका आश्रमहरू ५ फिट पानीमा डुबेका छन्। वृन्दावन परिक्रमा मार्ग पनि पानीले भरिएको छ। एजेन्सी>>