मनसुनी वायुको प्रभाव जारी, वर्षाको सम्भावना

Jasus Khabar 1+ समाचार ( )
२१ अशोज २०८१

देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बङ्गालको उत्तर भागमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ।

आज जारी मौसम बुलेटिनमा भनिएको छ कि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ। ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, साथै बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मध्यम वर्षाको सम्भावनाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया