आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

Jasus Khabar 3970+ समाचार ( )
३१ आषाढ २०८२

सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। चाँदीको भाउ भने रु ४० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो । 

त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस

प्रतिक्रिया