वेष्ट इण्डिज एविरुद्ध सुरुवाती चार खेल सकिँदा नेपाल ३ खेलमा पराजित भएको छ । पहिलो खेलमा ४ विकेटले विजयी भएपनि त्यसपछि क्रमश: १० रन, ७६ रन र २८ रनले पराजित हुँदै एक खेल अगावै सिरिज गुमाउन पुग्यो ।>
कप्तान रोहित पौडेलले ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन् । तर वेष्ट इण्डिजविरुद्ध खेलेका अरु १९ नेपाली खेलाडीले सिरिजमा ६० रन पनि कटाउन सकेका छैनन् । चार खेलमा नेपालले कुल २० खेलाडीलाई मौका दिएको छ । रोहितले दमदार प्रदर्शन गर्दा अन्य खेलाडीको प्रदर्शन बिर्सनलायक छ । पहिलो खेलमा रोहितले ११२ रनको शतकीय इनिङ खेलेका थिए ।>
दोस्रो खेलमा रोहितले ७१ रन । तेस्रो खेलमा रोहितलाई विश्राम दिँदै नेपालले दीपेन्द्रको कप्तानीमा खेलेको थियो । उक्त खेलमा २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अल आउट हुन पुगेको थियो ।
>>