साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।>
आइतबार ४३ अंकले घटेको नेप्से आज २१.३२ अंकले घटेर २०७५.३२ बिन्दुमा कायम भएको छ । विभिन्न कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको कारोबार भएको छ ।>
अघिल्लो कारोबारका तुलनामा आज कारोबार रकम भने घटेको छ ।>
>>>
सोमबार सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र विपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सकारात्मक सकिर्ट लेबलमा भएको छ भने कारोबारका आधारमा यसदिन हिमालयन लाइफ इन्सयोरेन्स लिमीटेड २३ करोड ९४ लाख ४५ हजार ७८५ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।>
>>>
उपसमूहतर्फ २ समूह बाहेकका ११ वटा समूहको सेयर घटेको छ ।>
>>