इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाका सबै सीमा नाका अस्थायी रूपमा बन्द गरिने जनाएको छ।>
कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सुनसरी जिल्लाका सम्पूर्ण नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछन्।>
>
सूचना गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई जानकारीका लागि उक्त निर्णय सार्वजनिक गरिएको उल्लेख छ।>
>
निर्वाचन अवधिमा सीमा क्षेत्रको सुरक्षा तथा आवागमन नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।>
>