सुनसरी - बाढीपीडितहरूलाई लक्षित गर्दै हरिनगर गाउँपालिका–५ सिसुवामा आज **जिगरी ल्याब एण्ड पोलिक्लिनिक प्रा.लि.**को आयोजनामा निशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ।>
शिविरमा जिगरी ल्याब एण्ड पोलिक्लिनिकका वरिष्ठ फिजिसियन डा. कौसर, नेपाली मुस्लिम डाक्टर एण्ड प्यारामेडिक्स एशोसिएसनका अध्यक्ष डा. वकार अहमद, उपाध्यक्ष डा. अब्दुल्लाह, कोषाध्यक्ष डा. कमरुल हक, डा. इमरान अंसारी लगायतका चिकित्सकहरूको टोलीले स्थानीय बासिन्दाहरूको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधि वितरण गरेका थिए।>
त्यसैगरी, जिगरी ल्याब एण्ड पोलिक्लिनिकका सञ्चालकहरू जावेद अंसारी, नौसाद आलम, मो. यासिन (मदिना) लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो।>
सोही अवसरमा हरिनगर गाउँपालिका–५ का स्थानीय युवावर्ग, बुद्धिजीवी तथा जिगरी ल्याबका सम्पूर्ण कर्मचारी वर्गले सक्रिय सहभागिता जनाएका थिए।>
आयोजकका अनुसार, उक्त निशुल्क स्वास्थ्य शिविर एक सातासम्म निरन्तर सञ्चालन हुनेछ र आज शिविरको दोस्रो दिन सम्पन्न भएको हो।>
शिविरमा ५ सयभन्दा बढी स्थानीयले निशुल्क ओपीडी परामर्श, औषधि सेवा साथै स्वास्थ्यसम्बन्धी जनचेतनामूलक जानकारी प्राप्त गरेका थिए।>
संस्थाले स्थानीय बासिन्दालाई आगामी दिनहरूमा पनि शिविरमा उपस्थित भई निशुल्क स्वास्थ्य सेवा लिन र आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेको छ।>>