वैदेशिक रोजगारीबाट फर्किएकाहरुको श्रम र सीप उपयोग गरी उद्यमशीलता विकास गर्ने : प्रधानमन्त्री

Jasus Khabar 1+ समाचार ( )
१७ जेठ २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको श्रम र सीप उपयोग गरी उद्यमशीलता विकास गर्ने बताएका छन् ।

श्रमाधान रोजगार मेलाको बिहीबार विराटनगरमा उद्घाटन गर्दै उनले त्यसकै लागि एक लाख रिटर्नीलाई स्वरोजगार बनाउने घोषणा बजेटमा गरिएको बताए । वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने प्रधानमन्त्री प्रचण्डले बताए । उनले रेमिट्यान्सबाट अर्थतन्त्रको उत्पादनशीलता वृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागि परेको पनि जानकारी गराए ।

उनले सबै क्षेत्रको संयोजन गरी तत्कालका लागि सुरक्षित र उपलब्धिमूलक वैदेशिक रोजगारी र दीर्घकालीन रूपमा आन्तरिक रोजगारी बढाएर देशको समृद्धि र नागरिकको सन्तुष्टि वृद्धि गर्नुपर्ने बताए ।

प्रतिक्रिया