प्रादेशिक समृद्धिको आधारः जलस्रोत, पर्यटन, कृषि र पूर्वाधार भन्ने नाराका साथ कोशी प्रदेश सरकारले लगानीका लागि राष्ट्रिय– अन्तर्राष्ट्रिय क्षेत्रलाई निम्तो दिएको छ ।>
वैशाख १८ र १९ गते कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने लगानी सम्मेलनमा १ खर्ब ३९ अर्बको लगानी र ५४ आयोजना प्रस्तुत हुनेछन् । प्रदेशका सम्भावनायुक्त क्षेत्रको पहिचान गर्दै प्रदेश सरकारले लगानीको आह्वान गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।>
उद्योग स्थापनामार्फत पुँजी निर्माण, रोजगारी सिर्जना र गरिबी निवारण गर्ने उद्देश्यसाथ लगानी सम्मेलन आह्वान गरिएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए ।>
लगानी सम्मेलनमा सबैभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा हुनेछ । उद्योग क्षेत्रमा ६५ अर्ब ४० करोड लागतका ९ आयोजना प्रस्तुत गरिने छ । सबैभन्दा ठूलो आयोजना उदयपुरस्थित ३२ अर्ब लागतको उदयपुर क्लिंकर प्रोजेक्ट हो । २६ अर्बको ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्टले सुनसरी र उदयपुरलाई समेट्ने छ ।>
पर्यटन क्षेत्रका लागि १५ आयोजना छन् । जसको कुल लागत ३५ अर्ब ९७ करोड ५२ लाख छ । २५ अर्ब लागतको ताप्लेजुङ–इलाम पोड–वे परियोजना सबैभन्दा ठूलो परियोजना हो । पूर्वाधार क्षेत्रका लागि प्रस्तुत १४ आयोजनाका लागि ३१ अर्ब १ करोड लागत राखिएको छ । कृषि क्षेत्रमा ३ अर्ब ८ करोडका ९ आयोजना छन् भने ऊर्जा क्षेत्रमा २ अर्ब ७७ करोड लागतका २ आयोजना राखिएका छन् ।>
यहाँ हेरौँ, कोशी प्रदेश सरकारका महत्वकांक्षी ३५ परियोजना, कोदोको रक्सीदेखि मोनोरेल प्रोजेक्टसम्म>
कोदोको रक्सी परियोजना, सोलुखुम्बु>
स्थानीय कोदोबाट परम्परागत रुपमा बन्दै आएको रक्सीलाई प्रदेश सरकारले लगानी सम्मेलनमा कोदोको रक्सी परियोजनाअन्तर्गत लगानी आह्वान गर्ने छ । यो परियोजना कोशी प्रदेशको सोलुखुम्बुमा निर्माण हुने छ । नेपालमा वार्षिक ३ अर्ब ७२ करोड रूपैयाँ बराबरको विदेशी मदिरा आयात हुने गरेको तथ्याङ्कले देखाएको छ ।>
नेपालमा यति ठूलो परिमाणमा विदेशी मदिरा भित्रिँदा स्वदेशमै उत्पादन हुने कोदोको रक्सीलाई व्यवस्थित गरेर बिक्री वितरण गर्नुपर्ने आवाज सडकदेखि सदनसम्म उठेको छ । कोशी प्रदेश सरकारले यो आवाजलाई नीतिगत रुपमा सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ ।>
फोहोर प्रशोधन केन्द्र (दुहबी)
सुनसरीको दुहबीमा रहेको शहरी ठोस फोहोर व्यवस्थापन तथा ढल प्रशोधन केन्द्र परियोजनाले यस क्षेत्रमा बढ्दो वातावरणीय र जनस्वास्थ्य समस्यालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । प्रदेश सरकारले यसलाई परिवर्तनकारी पहल भनेको छ ।>
नेपालको भिजन २०४३ र दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो गरी उचित फोहोर व्यवस्थापन, ढल प्रशोधन र वातावरणीय दिगोपन सुनिश्चित गर्ने लगानी प्राधिकरणले जनाएको छ । यस परियोजनाले स्थानीयको जीवनस्तर उठाउनेछ र दिगो शहरी विकासमा योगदान पुर्याउने छ ।>
साइन्स सेन्टर मोरङ
विगत १५० वर्षमा विज्ञान र प्रविधिको प्रगतिले मानव र सामाजिक विकासमा प्रमुख भूमिका खेलेको छ । लाखौं मानिसको जीवन गुणस्तरीय र आमूल परिवर्तन भएको छ ।>
यो परियोजनाले सहज रूपमा उपलब्ध र कम लागतका सामग्रीबाट विशेष डिजाइन गरिएका उपकरणहरू निर्माण गर्न सकिने प्रदेश सरकारको विश्वास छ । यो परियोजनाले विज्ञान र प्रविधिका क्षेत्रमा सहभागी हुन जनताको चासो बढाउने छ । प्रदर्शनी र कार्यशालाहरूको आयोजनाले विज्ञान र प्रविधिका क्षेत्रमा जनतालाई थप बुझ्न र पहुँचयोग्य बनाउन मद्दत गर्दछ ।परियोजनाअन्तर्गत विज्ञान सङ्ग्रहालय, प्लानेटेरियम स्पेस सेन्टर र रकेट गार्डन वाटर किङ्डम, बाल उद्यान, रेस्टुरेन्ट र विद्यार्थीका लागि होस्टेल निर्माण हुनेछ ।>
कोशी प्रदेशको डिजिटल रुपान्तरण>
विश्वव्यापी रूपमा डिजिटल टेक्नोलोजीको द्रुत विकास र अपनत्वले नागरिकसँग डिजिटल टेक्नोलोजीबाट कसरी अन्तक्र्रिया गर्ने भन्ने सरकारको मुख्य ध्यान हुन आवश्यक देखिन्छ । कोशी प्रदेश सरकारले डिजिटल रूपान्तरणको पहल गर्ने काममा आफूलाई नेतृत्वदायी बनाउन प्रयास गरेको छ ।>
लगानी सम्मेलनमार्फत् प्रदेशले यो अवसरलाई सदुपयोग गर्नेछ । यो परियोजनाले दक्षता, पारदर्शिता र समावेशीताका लागि ‘बेन्चमार्कहरू’ सेट गर्न सक्छ भन्ने प्रदेश सरकारको विश्वास छ । यो परियोजनामा लगानीकर्ताले आफ्नै लगानीमा आयोजना सम्पन्न गर्नेछन् । कोशी प्रदेश सरकारको लागत शून्य हुनेछ ।>
जडिबुटी प्रशोधन परियोजना
नेपाल बहुमूल्य जडीबुटीले सजिएको देश हो । नेपालमा जडीबुटीको प्रचुर स्रोत भएपनि त्यसको उचित उपयोग र वातावरणीय दिगो योजना कायम हुन सकेको छैन । साथै, पश्चगामी परम्परागत औषधि प्रशोधन प्रविधि र कम अनुसन्धान, न्यून विकास क्षमता चुनौतीका रूपमा देखा परेको छ ।>
जसले घरेलु बजारको माग पूरा गर्नसमेत सकेको छैन । नेपालको औषधिको कुल बजार वार्षिक ५० हजार मिलियन रहेको छ । यो परियोजनाले जडीबुटीको आयात घटाउन र छिमेकी देशमा निर्यात सुरु गर्न मद्दत गर्नेछ ।>
सङ्ग्रहालय निर्माण
विराट राजाको दरबार नेपालको पूर्वी भागको सबैभन्दा पुरानो सम्पदा हो । यसले शहरको आकर्षणमा मुख्य भूमिका खेल्नसक्छ । विराटनगर महानगरपालिकाको दक्षिणपट्टि भेडियारीमा अवस्थित छ । यो नेपाल र भारतको सिमाना नजिकै वडा नं १८ मा अवस्थित छ ।>
यस दरबारले हिन्दू पौराणिक कथा, महाभारत कालसँग सम्बन्धित ऐतिहासिक र धार्मिक महत्व राख्दछ । दरबारभित्र रानीपोखरी, विराटेश्वर शिवलिङ्ग, विराटराजाको धरहरा पोखरी, किच्चकबध पोखरी, भन्सिया पोखरीलगायतका सम्पदा छन् । महाभारतकालमा यस क्षेत्रमा शासन गर्ने राजा विराट राजाको नामबाट विराटनगरको नामकरण गरिएको हो ।>
एग्रो प्रशोधन केन्द्र दुहबी
एग्रो प्रशोधन केन्द्र दुहबी नगरपालिकाले करिब ९ करोड रुपैयाँको लागतमा निर्माण गरेको हो । केन्द्रमा अत्याधुनिक प्रशोधन सुविधा र प्रशासनिक भवन निर्माण भएको छ । एउटा शीत भण्डार, गोदाम र पर्याप्त पार्किङ स्थलसमेत रहेको छ । प्रशोधन केन्द्र सञ्चालनका लागि तयार छ ।>
कन्काई–इलाम–सन्दकपुर पोड–वे
कन्काई–इलाम पोडवे परियोजनाले न्यूनत्तम शहरी पूर्वाधार, अक्षम यातायात प्रणाली र ट्राफिक जामजस्ता विद्यमान चुनौतीलाई समाधान गर्छ । कनकाईदेखि सन्दकपुर नगर क्षेत्रसम्म सार्वजनिक यातायात पूर्वाधारको विस्तारमा ध्यान केन्द्रित गरी प्रदेश सरकारले लगानी सम्मेलनमा यो परियोजनालाई समावेश गरेको छ ।>
परियोजनाले वास्तविक यातायात प्रणाली र उन्नत सुविधाका साथ माग आपूर्ति अन्तरलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । आयोजनाले प्रदेशको आय, रोजगारी र आर्थिक वृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।>
एकीकृत फोहरमैला व्यवस्थापन परियोजना, मेचीनगर
झापाको मेचीनगर नगरपालिकामा शहरी ठोस फोहरमैला व्यवस्थापन तथा ढल प्रशोधन प्लान्ट परियोजनाले यस क्षेत्रमा बढ्दो वातावरणीय र जनस्वास्थ्यसम्बन्धी चासोलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।>
यो रूपान्तरकारी पहलले नेपालको भिजन २०४३ र दीगो विकास लक्ष्य (एसडीजी) सँग मेल खाने गरी उचित फोहरमैला व्यवस्थापन, ढल प्रशोधन र वातावरणीय स्थायित्व सुनिश्चित गर्नेछ । यस परियोजनाले स्थानीयको जीवनस्तर उकास्नेछ र दिगो सहरी विकासमा योगदान पु¥याउने कोशी प्रदेश सरकारको विश्वास छ ।>
विराटनगर बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स
शहर निरन्तर बढ्दै र विकसित हुँदै जाँदा दिगो आर्थिक विकास र सामुदायिक प्रयोजनका लागि आवश्यक छ यो परियोजना । प्रस्तावित भवन १०० मिटर अग्लो नेपालकै सबैभन्दा अग्लो भवन हुनेछ । भवनमा सुपरमार्केट, अफिस, सर्भिस अपार्टमेन्ट, पाँचतारे होटल र मनोरञ्जनका केन्द्र रहनेछन् । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको मुख्य सहरमा ११ कट्ठा जग्गामा भवन निर्माण हुनेछ ।>
भेडेटार बहुउद्देश्यीय कम्प्लेक्स
भेडेटार कोशी प्रदेशको सबैभन्दा व्यस्त र सुन्दर हिल स्टेशन हो । भारतीय सीमावर्ती सहर जोगबनीबाट करिब ६० किलोमिटर, विराटनगरबाट ५० किलोमिटर र धरानबाट करिब २० किलोमिटरको दूरीमा छ । स्काई वाक, बन्जी जम्पिङ, स्काइ साइक्लिङ र धेरै साहसिक गतिविधिहरू यहाँ उपलब्ध छन् ।>
भेडेटारको मौसमको विविधताले हरेक सप्ताहन्तमा हजारौं पर्यटकलाई आकर्षित गरिरहेको छ । बहुउद्देश्यीय कम्प्लेक्सले शहरलाई पर्यटकहरूको बसाइ विस्तार गर्न र उनीहरूको बसाइ लम्ब्याउन मद्दत गर्न सक्ने प्रदेश सरकारको विश्वास छ ।>
एक्सिस फाइभ स्टार होटल विराटनगर
प्रस्तावित आयोजना विराटनगरको रिङरोडमा रहेको छ । यो विमानस्थलबाट १ किलोमिटर दूरीमा छ । कोशी प्रदेशको राजधानी शहर विराटनगरका होटलमा अधिकांश भारतीय र नेपाली पाहुनालाई सेवा प्रदान गरिँदै आएको छ । यो होटल प्रदेशकै उत्कृष्ट पाँचतारे होटलमध्ये एक हुनेछ । हरियाली, बास्केटबल कोर्ट र बालबालिकाको खेलमैदानका लागि ८ हजार ६ सय ६० वर्गमिटरको क्षेत्रफलमा रहने छ ।>
खाँदबारी–नुम पदमार्ग, सङ्खुवासभा
पर्यटन नेपालको सबैभन्दा ठूलो विदेशी मुद्रा र राजस्वको स्रोत हो । पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा १.९३ प्रतिशत मात्र योगदान रहेको छ भने राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ७.९ प्रतिशत योगदान रहेको छ । कोशी प्रदेश सांस्कृतिक विविधता र जैविक विविधतायुक्त छ ।>
यहाँ विश्वका सबैभन्दा अग्ला पाँच वटा हिमाल छन् । सबैभन्दा पुरानो र प्रसिद्ध चिया बगान इलाम क्षेत्रमा पर्छ । नेपालका धेरै भाषिक समूहहरू कोशी प्रदेशमा बस्छन् । यहाँको धार्मिक, सांस्कृतिक परम्परा विशिष्ट छ । जुन पर्यटनका लागि महत्त्वपूर्ण सम्पत्ति हो । कोशी प्रदेश हिन्दू र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा पनि परिचित छ ।>
यो सम्पत्तिले पर्यटन उत्पादन र विकासका लागि आधार प्रदान गर्दछ । कोशी प्रदेश सरकारका अनुसार सन् २०१५ देखि हालसम्म छनोट भएको कोशी प्रदेशका १० पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमनमा वार्षिक औसत आय ३२ प्रतिशतले वृद्धि भएको छ । खाँदबारी–नुम पदमार्गलाई पर्यटनसँग जोड्न सके कोशी प्रदेशमा बाह्य पर्यटक भित्र्याउने माध्यम बन्न सक्ने प्रदेश सरकारको विश्वास छ ।>
चौरीखर्क नाम्चे रोपवे, सोलुखुम्बु
नाम्चे बजार सगरमाथा क्षेत्रमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । यस क्षेत्रमा वार्षिक ४० हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । पर्यटकको प्रवाहले यस क्षेत्रको चहलपहल बढाएको छ । पर्यटन लक्षित यहाँको माग पूरा गर्न वार्षिक करिब ६० लाख केजी सामान ढुवानी गर्नुपर्ने हुन्छ ।>
यी सामानहरूको ढुवानीका २ दिन लगाएर भरिया र खच्चडद्वारा ढुवानी गरिन्छ । त्यसैले चौरीखर्कदेखि नाम्चे बजारसम्म ४ किलोमिटर लामो रोपवेमार्फत् परम्परागत यातायातलाई प्रतिस्थापन गर्न सके समय र लागतको पनि बचत प्रदेश सरकारको विश्वास छ ।>
चौरीखर्क छेदिङमा केबलकार सोलुखुम्बु
नाम्चे बजार सगरमाथा क्षेत्रमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । यस क्षेत्रमा वार्षिक ४० हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । केबुलकार चौरीखर्कदेखि छेदिनमासम्म विस्ता गर्नका लागि यो परियोजना अघि सारिएको छ । यो परियोजनाले पर्यटकलाई सगरमाथालगायत खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गर्न मद्दत गर्ने कोशी प्रदेश सरकारको विश्वास छ । यो परियोजनाले अशक्त र ज्येष्ठ नागरिकको सगरमाथा पुग्ने सपना पूरा गर्न मद्दत गर्नेछ ।>
कन्याम मोनोरेल परियोजना>
मोनोरेल पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्नेछ । यो नेपालकै पहिलो मोनोरेल सेवा हुनेछ । जसले कन्यामको वडा नं ६ देखि वडा नं ८ मानेडाँडासम्मको सात किलोमिटर दूरी तय गर्नेछ ।>
इथेनल प्रोसेसिङ प्लान्ट परियोजना
नेपालले भारतबाट करिब चार अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । यो मुलुकको कुल आयातको करिब १५ प्रतिशत हो । ईन्धन निर्भरता कम गर्न र किसानहरूलाई बढावा दिन यो परियोजना धेरै उपयोगी हुने कोशी प्रदेश सरकारको भनाइ छ । किसानहरूले सिमलतरुल उत्पादन गर्नेछन् र कारखानाले यसलाई प्रशोधन गरेर इथानोल बनाउनेछ ।>
इथानोललाई डिजेल र पेट्रोलमा करिब १५ प्रतिशत सिधै मिसाउन सकिन्छ । बढ्दो अर्थतन्त्र, बढ्दो जनसङ्ख्या, बढ्दो शहरीकरण, विकास र खर्च गर्ने शक्तिको वृद्धिका कारण हाम्रो देशमा ऊर्जाको माग पनि बढिरहेकाले यो परियोजना कोशी प्रदेशका लागि महत्त्वपूर्ण हुने सरकारको विश्वास छ ।>
काँकडभिट्टा बसपार्क परियोजना
काँकडभिट्टामा रहेको बहुतले बस टर्मिनल नेपालको पूर्वी क्षेत्रमा यातायातको आधुनिकीकरण गर्ने उद्देश्यले निर्माण गरिएको परिवर्तनकारी सार्वजनिक पूर्वाधार परियोजना हो । रणनीतिक रुपमा मेचीनगर नगरपालिकामा अवस्थित काँकडभिट्टा आन्तरिक तथा क्षेत्रीय ट्रान्जिटको प्रमुख केन्द्र मात्र नभएर भारतसँगको सक्रिय सीमा नाका पनि हो ।>
जसले सीमापार व्यापार, पर्यटन र यात्रुको आवागमनलाई सहज बनाएको कोशी प्रदेश सरकारको विश्वास छ । यो परियोजनाले नेपालको भिजन २०४३ र दिगो विकास लक्ष्य (एसडीजी) सँग मेल खाने सरकारको विश्वास छ । कनेक्टिभिटी बढाउन र सामाजिक–आर्थिक वृद्धिमा यो परियोजनाले सहयोग पु¥याउने छ ।>
बुद्धपार्क चित्रे गुम्बा केबलकार परियोजना, इलाम
सूर्योदयमा वार्षिक पर्यटकको चाप २.५ लाखभन्दा बढी हुने र अधिकांश पर्यटकले चिया बगानको भ्रमण गर्ने साथै अन्तुडाँडाबाट सूर्योदय अवलोकनबाहेक अन्य कुनै मनोरञ्जनात्मक गतिविधि गर्दैनन् । यहाँ पर्यटकलाई कम्तिमा ३ दिनका लागि होल्ड गर्न र मनोरन्जनात्मक गतिविधि थप गर्न सकिन्छ । प्रस्तावित केबलकार यसका लागि उपयोगी हुनेछ प्रदेश सरकारको विश्वास छ ।>
हरियो हाइड्रोजन र रासायनिक उर्वरक परियोजना
हरित हाइड्रोजनले नेपाललाई ऊर्जा र वातावरणीय चुनौतीको सामना गर्न महत्वपूर्ण अवसर प्रदान गर्दछ । स्वच्छ ऊर्जा उत्पादनका लागि प्रचुर मात्रामा जलविद्युत स्रोतहरूको उपयोग आवश्यक छ । विश्वव्यापी मञ्चमा, हरित हाइड्रोजनले सन् २०५० सम्ममा अन्तिम ऊर्जा मागको २२% परिपूर्ति गर्ने प्रक्षेपण गरिएको छ ।>
जसले डिकार्बोनाइजेशनका लक्ष्य प्राप्त गर्नका लागि आधारशिलाका रूपमा रहनेछ । नेपालको हालै पारित हरित हाइड्रोजन नीतिले दिगो ऊर्जा सङ्क्रमणको लागि राष्ट्रको आकांक्षासँग मेल खाने गरी लगानी आकर्षित गर्न र परियोजना विकासलाई सक्षम बनाउन सहयोगी हुने कोशी प्रदेश सरकारको विश्वास छ ।>
देउमाई कफी फार्म
इलामको देउमाई नगरपालिका वडा नं ५ जितपुरमा बृहत् कफी खेती परियोजना स्थापना गर्ने प्रस्ताव गरिएको छ । यो परियोजनाको प्रारम्भिक चरणमा एक हजार रोपनी जग्गामा प्रिमियम गुणस्तरको अरेबिका कफी खेतीमा केन्द्रित छ । घरेलु तथा अन्तर्राष्ट्रिय बजारका लागि उच्च मूल्यको कफी उत्पादन गर्न यो परियोजना आवश्यक हुनेछ । जैविक र आधुनिक प्रविधिको संयोजन गर्दै दिगो कृषिका लागि नमूना फार्म निर्माण गर्ने कोशी प्रदेश सरकारको लक्ष्य रहेको छ ।>
परियोजनाको दिगोपन र वातावरणीय सुधारका लागि पशुपालन र जैविक जैविक मल उत्पादनसमेत गर्ने छ । नेपालमा सरकारी प्रोत्साहन, उर्वर भूमि र उपयुक्त हावापानीका कारण कफी उत्पादनले गति लिइरहेको छ । उल्लेखनीय कफी आयातको बावजुद घरेलु उत्पादनमा ठूलो वृद्धिको सम्भावना रहेको प्रदेश सरकारको विश्वास छ । यस परियोजनाले स्थानीय आर्थिक विकासमा योगदान पु¥याउनुका साथै नेपाललाई प्रतिस्पर्धी कफी निर्यातकर्ताका रुपमा स्थापित गर्ने लक्ष्य छ ।>
सिट्रस फल खेती, प्रशोसधन उद्योग र कृषि–पर्यटन
शहीदभूमि गाउँपालिका सुन्तलाका लागि प्रसिद्ध स्थान मानिन्छ । धनकुटामा व्यावसायिक सम्भावना भएका सिट्रस फलहरूमा म्यान्डरिन (सिट्रस रेटिकुलाटा ब्लान्को), मीठो सुन्तला विशेष गरी जुनार (सिट्रस सिनेन्सिस ओस्बेक), चुना (सिट्रस औरन्टीफोलिया स्विङ) र हिल–लेमन (सिट्रस स्यूडोलेमोन) छन् । वडा नं ४ को पिपालेडाँडा, वडा नं ३ को डाँडागाउँ र पञ्चकन्या, वडा नं ६ को थलथले र सुकेआहाल, वडा नं २ को छिन्ताङलगायतका गाउँ प्रशोधन, प्याकेजिङ र कृषि पर्यटन उद्योगका लागि उपयुक्त छन् । विद्यमान निर्वाहमुखी कृषि प्रणालीलाई विविधीकरण र तुलनात्मक लाभको व्यापक प्राप्तिमार्फत व्यावसायिक क्रियाकलापमा रूपान्तरण गर्ने प्रदेश सरकारको योजना रहेको छ । यो परियोजनाले उत्पादनको गुणस्तर, मापदण्ड, निर्यात, बिक्रेता र क्रेताबीच सम्झौताको समेत सुनिश्चितता गर्ने विश्वास लिइएको छ ।>
बर्जु सौर्य परियोजना
नेपालको भर्खरै पारित सौर्य ऊर्जा नीतिले दिगो ऊर्जा सङ्क्रमणको लागि राष्ट्रको आकांक्षासँग मेल खाने गरी लगानी आकर्षित गर्न र परियोजना विकासलाई सक्षम बनाउने कोशी प्रदेश सरकारको विश्वास छ । सुनसरीको बर्जुमा निर्माण हुने यो सौर्य परियोजना कोशी प्रदेशको समृद्धिका लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।>
उदयपुर क्लिंकर परियोजना
उदयपुर जिल्लामा नेपालको सबैभन्दा बढी चुनढुङ्गा भण्डार रहेको छ । उदयपुर सिमेन्ट कारखाना जिल्लामा सिमेन्टको एक मात्र उत्पादक हो । उदयपुर सिमेन्टको क्षमता ४०० टीपीडी मात्र छ । जुन चुनढुङ्गाको निक्षेपको तुलनामा निकै कम हो । सुकौरा खानीको निक्षेप करिब ७ करोड ३० लाख टन रहेको छ । ठूलो निक्षेपलाई जतिसक्दो चाँडो देशको भलाइको लागि प्रयोग गर्नु पर्ने कोशी प्रदेश सरकारको भनाइ छ । यसबाहेक यस क्षेत्रको वरिपरि अन्य धेरै चुनढुङ्गा खानी छन् । यस क्षेत्रमा ठूलो क्लिंकर कारखाना घरेलु र निर्यात प्रयोजनका निर्माण गर्ने कोशी प्रदेश सरकारको योजना छ ।>
आमादब्लम मिनी हाइड्रो प्रोजेक्ट, सोलुखुम्बु
विद्युतीय माध्यमबाट पर्यटकलाई सुविधा प्रदान गर्न विद्युत उत्पादन अत्यावश्यक छ । खुम्बु क्षेत्रमा विद्युतको अभावले पर्यटकको बसाइ साथै स्थानीय जीवनयापन पनि असहज हुने गरेको छ । तसर्थ, स्थानीय नदीहरूको प्रयोग गरेर विद्युत् उत्पादन गर्ने र यस क्षेत्रमा विद्युतीकरण विस्तार गर्न आवश्यक छ । यस परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भइसकेको छ । यस परियोजनामा जग्गा खरीद प्रक्रिया अघि बढेको छ । हाल यो परियोजना ‘रेडी टु गो प्रोजेक्ट’ का रुपमा रहेको छ ।>
बेसार उत्पादन र प्रशोधन केन्द्र
बेसार सबैभन्दा आवश्यक मसलाहरू मध्ये एक हो, जसको औषधीय मूल्य र दैनिक प्रयोग अत्यधिक छ । आयोजनाले सुनसरी, उदयपुर र धनकुटाको केन्द्र चतरा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, सङ्खुवासभालगायतका जिल्लामा उत्पादित बेसार प्रशोधन गर्नेछ । प्रशोधनबाट बेसारको तेल, कर्कुमिन, साबुन, फेसियल तथा ब्यूटी प्रोडक्ट, चकलेट, बिस्कुट, सिन्दूर, टुथपेस्ट, इनर्जी ड्रिंक्स आदि उत्पादन हुनेछन् । कर्कुमिन र तेलको विश्वमा उच्च मूल्य छ । कर्कुमिन एक एन्टीक्यान्सर रसायन हो । यो एन्टीइन्फ्लेमेटरी र एन्टी अक्सिडेन्ट पनि हो ।>
हाल यसको युरोपेली बजारमा उच्च मागमा छ । यसको प्रयोग औषधि बनाउन पनि गरिन्छ । त्यस्तै तेलको महत्व पनि निकै ठूलो छ । यो कस्मेटिक्स, औषधि, आदि बनाउन प्रयोग गरिन्छ । यसले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान पु¥याउने कोशी प्रदेश सरकारको विश्वास छ । माथि उल्लिखित लगानीलाई एकीकृत गर्न सकियो भने हालको मागका आधारमा चार वर्षमा सबै लगानी फिर्ता लिन सकिने प्रदेश सरकारको विश्वास छ ।>
डेरी उत्पादन तथा प्रशोधन उद्योग
इलाम नेपालका केही जिल्लाहरूमध्ये एक हो जहाँ ठूलो मात्रामा दूध उत्पादन हुन्छ । र, दूग्धजन्य पदार्थका लागि उचित बजार छ । आर्थिक दृष्टिले नेपाल कृषिमा आधारित छ । जहाँ पशुपालन देशको मेरुदण्ड हो । डेरी उद्योग स्थापनाले अद्वितीय उत्पादन अभ्यास र उपभोक्ता र बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने कोशी प्रदेश सरकारको विश्वास छ । खाद्य तथा कृषि सङ्गठनका अनुसार विकासोन्मुख देशहरूमा अनुमानित ८० देखि ९० प्रतिशत दूध साना कृषि प्रणालीमा आधारित उत्पादन हो । स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट दूग्धजन्य पदार्थको बढ्दो मागलाई पूरा गर्न दूध उत्पादनलाई निरन्तरता दिनु यस परियोजनाको मुख्य अवधारणा हो ।>
किबी खेती, प्रशोधन उद्योग र कृषि पर्यटन
धनकुटामा किबी खेतीको प्रचुर सम्भावना रहेको छ । चौबिसे गाउँपालिकाले पनि किसानलाई किबी फलका बिरुवा वितरण गरेर यो फलको खेतीलाई प्रोत्साहित गरेको छ । यो परियोजनाको पछाडिको दायरा र अवधारणाहरू विभिन्न सामाजिक, आर्थिक, पर्यावरणीय, सांस्कृतिक र प्राविधिक पक्षलाई प्रोत्साहन गर्नु हो ।
किसानहरूलाई ठूलो मात्रामा उत्पादनका लागि प्रोत्साहित गर्नु, विद्यमान निर्वाहमुखी कृषि प्रणालीलाई विविधीकरण र तुलनात्मक रुपमा व्यापक लाभको अवस्थामा पुर्याउनु, व्यावसायिक क्रियाकलापमा रूपान्तरण गर्नु, कृषि वातावरण, मनोरञ्जन, शैक्षिक गतिविधि, प्राकृतिक आकर्षण, मनोरञ्जनबाट राजस्व वृद्धि गर्नु, घरेलु र अन्तर्राष्ट्रिय उपभोक्ताहरूको माग पूरा गर्न यहाँका उद्योगको अर्थव्यवस्थामा संरचनात्मक परिवर्तन ल्याउनु हो ।>
एभोकाडो खेती, प्रशोधन उद्योग, अनुसन्धान केन्द्र र कृषि पर्यटन
धनकुटामा नयाँ विदेशी फल एभोकाडोको व्यापक उत्पादन भइरहेको छ । जलवायु परिवर्तन, सबैभन्दा उपयुक्त माटो र तापक्रम, मुख्य आयआर्जन गर्ने क्षेत्र र नगदेबालीका रुपमा एभोकाडोको विकास गर्ने धनकुटा नगरपालिकाको प्राथमिकता जस्ता विभिन्न कारणले गर्दा यो परियोजनामा प्रदेश सरकारले लगानी भित्र्याउने उद्देश्य राखेको छ ।
नगरसभाले २०७४ जेठ २२ गते धनकुटालाई ‘एभोकाडो राजधानी’ घोषणा गरेको थियो । सन् २०१८ नोभेम्बर २४ का दिन धनकुटामा एभोकाडो महोत्सव आयोजना गरिएको थियो । जसलाई यसले एसियाकै पहिलो एभोकाडो महोत्सवको रुपमा दाबी गरेको थियो । यस परियोजनाले आय प्रत्याभूति, रोजगारी सिर्जना, उद्यम विकास र ग्रामीण अर्थव्यवस्थाको विविधीकरणमा योगदान पुर्याउने घरेलु प्रशोधन गतिविधिहरूको सट्टा कारखाना प्रशोधन गतिविधिहरू बढाउने लक्ष्य राखेको छ ।>
अलैँची उत्पादन तथा प्रशोधन उद्योग, फिदिम नगरपालिका
अलैँची अर्ध–सदाबहार र आद्र्र उप–उष्णकटिबन्धीय क्षेत्रमा हुनेगर्छ । यो पूर्वी उप–हिमालय क्षेत्रको ठाडो पहाडहरूमा खेती गर्न सकिन्छ । जुन ३,५०० मिमी ÷ वर्षा हुने ठाउँमा हुन्छ । जुन लगभग साढे ६ वर्ष फैलिन्छ । यसको वृद्धिको लागि आवश्यक अप्टिकल तापमान ६ देखि २५ डिग्री सेल्सियस हो ।
कोशी प्रदेश ‘अलैँची’ उत्पादन गर्ने सबैभन्दा ठूलो प्रदेश हो । नेपालको कुल उत्पादनको करिब ९७ प्रतिशत यही प्रदेशबाट हुने गरेको छ भने वार्षिक निर्यात ८० करोडभन्दा बढी हुने गरेको छ ।>
छुर्पी उद्योग परियोजना
इलाम नेपालका केही जिल्लाहरूमध्ये एक हो जहाँ ठूलो मात्रामा दूध उत्पादन हुन्छ । दुग्धजन्य पदार्थहरूका लागि उचित बजार पनि छ । खाद्य तथा कृषि सङ्गठनका अनुसार विकासोन्मुख देशमा अनुमानित ८० देखि ९० प्रतिशत दूध साना कृषि प्रणालीमा आधारित भएर उत्पादन हुन्छ । स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट दूग्धजन्य पदार्थको बढ्दो मागलाई पूरा गर्न दूध उत्पादनलाई निरन्तरता दिनु यस परियोजनाको मुख्य अवधारणा हो ।>
कोशी पोडवे आयोजना,
विराटनगर करिब अढाई लाख जनसङ्ख्या भएको महानगरपालिका हो । कमजोर सहरी पूर्वाधार, अकुशल यातायात प्रणाली र ट्राफिक जामजस्ता विद्यमान चुनौतीलाई सम्बोधन गर्न विराटनगरदेखि धरान सहरसम्मको यातायात पूर्वाधार विस्तारमा कोशी पोडवे आयोजना केन्द्रित रहेको प्रदेश सरकारको भनाइ छ ।
परियोजनाले क्षेत्रीय यातायात प्रणालीको स्तरोन्नति सुविधायुक्त माग र आपूर्तिको अन्तरलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । आयोजनाले प्रदेशको आय, रोजगारी र आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।>
कोशी रिफ्रेसमेन्ट सेन्टर>
यो नेपालको पहिलो रिफ्रेसमेन्ट सेन्टरको अवधारणा हो । आयोजना स्थल कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक कोशी गाउँपालिका– ४ सुनसरीमा पर्छ । लामो दूरीको सवारी साधन रोक्ने र सेन्टरमा यात्रु, चालक र सवारी साधनका लागि आवश्यक सुविधा उपलब्ध गराउने अवधारणासँग सम्बन्धित छ । कोशी प्रदेश सरकारको अवधारणा अनुसार आयोजनाको पहिलो चरणको निर्माण सरकारी कोषमा सम्पन्न भएको छ । बाँकी निर्माण र सञ्चालन निजी लगानीकर्ता र विकासकर्ताहरूको लागि आह्वान गरिएको छ । उक्त जग्गा प्रदेश सरकारको स्वामित्वमा रहेको छ र क्षेत्रफल करिब २० बिघा छ ।>
मुर्कुची–लिम्चुङबुङ–हलेसी पोडवे
हलेसी नेपालको प्रसिद्ध धार्मिक स्थल हो । प्रत्येक वर्ष करिब १ लाख पर्यटकहरूले यो मन्दिरको भ्रमण गर्ने प्रदेश सरकारको तथ्याङ्क छ । गुफामा रहेको प्रसिद्ध शिव मन्दिरले नेपाल, भारत र भुटानबाट आउने पर्यटकलाई आकर्षित गर्छ । यो गुफा हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाझ प्रसिद्ध छ ।>
भक्तजनले यो मन्दिरलाई पूर्वको पशुपतिनाथका रुपमा हेर्ने गरेका छन् । हलेसी मध्यपहाडी पुष्पलाल लोकमार्गमा अवस्थित भएपनि काठमाडौंदेखि विराटनगरसम्म पुग्न ७ देखि ८ घण्टाको यात्रा गर्नुपर्छ । यो परियोजनाले मुर्कुचीबाट हलेसी जोड्ने समय एक घण्टामा सीमित गर्ने प्रदेश सरकारको विश्वास छ ।>
रास ताल पर्यटन परियोजना
सुनसरी जिल्ला रामधुनी नगरपालिका –७ बक्लौरीमा अवस्थित राष्ट्रिय विभूतिबाट सम्मानित इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क हो । यसलाई रास ताल भनिने गरिएको छ । यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक बढेसँगै पर्यटकीय गतिविधि बढ्दै गएको छ । कोशी प्रदेश सरकारले पर्यापर्यटनको अवधारणालाई आत्मसात् गर्दै यो क्षेत्रमा लगानी भित्र्याउन पहल गर्ने छ । शान्त हरियाली वातावरण युक्त रास तालमा आन्तरिक तथा बाह्य पर्यटकको विशेषगरी शनिबार घुइँचो लाग्ने गरेको छ ।>>