सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिमा उल्लेखनीय आर्थिक प्रगति गरेको छ। बैंकले प्रकाशित गरेको अपरीक्षित वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको खुद नाफा तीन गुणाले वृद्धि भई १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।>
गत वर्ष सोही अवधिमा बैंकले ५८ करोड रुपैयाँ नाफा कमाएको थियो। यस वर्षको नाफाको आधारमा बैंकले शेयरधनीलाई १३.२२ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था रहेको उल्लेख छ।>
बैंकको कुल सञ्चालन नाफा पनि १०.२४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। यसमा खुद व्याज आम्दानी ८ अर्ब ४४ करोड, सेवा शुल्क तथा अन्य आम्दानी १५.०९ प्रतिशतले वृद्धि भई १ अर्ब ६४ करोड र कुल आम्दानी ११.८२ प्रतिशतले बढेर ११ अर्ब १६ करोड रुपैयाँ पुगेको उल्लेख गरिएको छ।>
कर्जामा सन्तुलित वृद्धि, एनपीएल २.६२ प्रतिशत
बैंकले जोखिम न्यून कर्जालाई प्राथमिकता दिँदै कर्जा पोर्टफोलियो सन्तुलित बनाएको जनाएको छ। यस अवधिमा गैर-कार्यक्षम कर्जा (NPL) २.६२ प्रतिशतमा सीमित राखिएको छ, जुन वित्तीय क्षेत्रका लागि सन्तोषजनक मानिन्छ।>
बैंकको कुल निक्षेप १६.१६ प्रतिशतले वृद्धि भई २ खर्ब ८० अर्ब रुपैयाँ र कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।>
सूचकहरूमा मजबूती, स्प्रेड दर ३.९८%
प्रति शेयर आम्दानी (EPS) २४.१ रुपैयाँ पुगेको छ भने वास्तविक EPS १३.२२ रुपैयाँ रहेको छ। प्रति शेयर नेटवर्थ २१९.९७ रुपैयाँ पुगेको छ। दोस्रो बजारमा P/E अनुपात १५.९३ रहेको छ।>
बैंकको पुँजी पर्याप्तता अनुपात ११.७७ प्रतिशत कायम छ भने कर्जा–निक्षेप अनुपात ७६.९२ प्रतिशत पुगेको छ। स्प्रेड दर ३.९८ प्रतिशतमा स्थिर रहँदा औसत ब्याजदर गत वर्षको तुलनामा घटेर ६.४२ प्रतिशतमा झरेको छ।>>