बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट

Jasus Khabar 1+ समाचार ( )
१९ पौष २०८०

बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ घट्दा चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख २० हजार २ सय र चाँदीको मूल्य १ हजार ४ सय ५० रुपैयाँ तोकिएको थियो ।


प्रतिक्रिया