उच्च मूल्यबाट २ सय घट्यो सुन , प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम

Jasus Khabar 1+ समाचार ( )
२० जेठ २०८१

सुन उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार १ लाख ४२ हजार २ सय रुपैयाँ थियो । शुक्रबारको मूल्य नेपाली बजारमा इतिहासकै उच्च हो । बजेटमा भन्सार दर ५ प्रतिशत विन्दुले बढेपछि नेपाली बजारमा मूल्यले शुक्रबार सबै रेकर्ड तोडेको हो । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया