तीन दिनमै सुनको भाउ तोलामा साढे ४ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार १ लाख ५४ हजार २ सय रुपैयाँ तोकेको छ ।>
अघिल्लो दिनको तुलनामा यो २ हजार बढेको हो । अघिल्लो दिन १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तीन दिनयता सुनको भाउ उच्च दरले बढेको छ । आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।>
चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १९२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।>>