काठमाडौं-१६ की वडाध्यक्ष रोजिनालाई बालेनले गराए शपथ

Jasus Khabar 1+ समाचार ( )
१८ मंगशिर २०८१

स्थानीय तहको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका-१६ को वडा अध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ गराएका छन् । 

श्रेष्ठलाई मंगलबार महानगरपालिका कार्यालयमा मेयर शाहले शपथ गराएका हुन् । २०७९ को निर्वाचनमा निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको २०८० भदौ २१ गते निधन भएपछि रिक्त रहेको पदमा आइतबार उपनिर्वाचन भएको थियो ।  उपनिर्वाचनमा रास्वपाकी श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी एमालेका लक्ष्मी रत्न तुलाधरले २२२० र नेपाली कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत ल्याएका थिए । 

शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत उपस्थित थिए । उनीहरूले नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई महानगरमा स्वागत गर्दै बधाई एवं कार्यकाल सफलताको शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार