साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्से ४.९७ अंकले बढेको हो ।
>
मंगलबार नेप्से परिसूचक १५.७० अंक घटेको थियो । बुधबार ०.२४ प्रतिशतले बढेर २११६.६५ को विन्दुमा पुगेको छ ।
>
यस दिन २६१ कम्पनीको एक अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भयो ।
>
सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४०१.१६ को विन्दुमा पुगेको छ । १३ उपसमूहमध्ये बुधबार आठ उपसमूहको समूहगत सूचक उकालो लागेको छ । पाँच उपसमूहको समूहगत सूचक घटेको छ ।
>
>>