विराटनगर । कांग्रेस नेता एवं मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले ‘संकल्प प्रस्ताव’ सार्वजनिक गरेका छन् ।
>
उनले शनिबार संकल्प प्रस्ताव सार्वजनिक गरेका हुन् । नेता कोइरालाले सदाचारी सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणको संकल्प कोरेका छन् ।
>
विविधताबीच समाजिक, सांस्कृतिक, ऐक्यवद्धता र सद्भावलाई संरक्षण गर्दै आर्थिक विकासलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।
>
बदला लिने दाउमा कोइराला, हार्दिनँ भन्छन् पण्डित
संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपालको निर्माणका लागि कांग्रेस र गठबन्धनको जित आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।>
नेता कोइरालाले मोरङ क्षेत्र नम्बर ६ को आर्थिक असमानता र गरिबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, विद्युत, सडक, स्वास्थ्य, र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने औल्याएका छन् ।
>
उनले यससँगै युवा बेरोजगारी ठूलो चुनौतीका रुपमा रहँदै आएको उल्लेख गरेका छन् । लोकतन्त्र स्थिर र उन्नत बनाउनका लागि रोजगारीको अवसर र बेरोजगारीलाई सम्बोधन अत्यन्त आवश्यक रहेको नेता कोइरालाको भनाई छ ।
>
ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि उपचारसँगै नेपालीलाई राष्ट्रिय स्वास्थ्य वीमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम नेपाली कांग्रेसले ल्याउने उनले प्रष्टाएका छन् ।
>
विराटनगर विमानस्थलको स्तरोन्नतिदेखि पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार, चिकित्सा कलेज चाँडै सञ्चालनमा ल्याइने जनाएका नेता कोइरालाले केशलिया, गछिया, सिंघिया खोलाको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्धन निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन् ।
>
त्यसैगरी विराटनगर चक्रपथको कार्यलाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन् ।
>
उनले मोरङ क्षेत्र नम्बर ६ को समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न जनताले सहयोग पुराउने अपेक्षा गरेका छन् ।
>
कांग्रेसभित्र रुपान्तरण र पुस्तान्तरणका लागि मात्र नलडिरहेको उल्लेख गरेका नेता कोइरालाले मोरङको गौरवशाली इतिहास र परम्परालाई निरन्तरता दिने बताएका छन् ।
>
>>