गौशाला निर्माणका लागि १७ रोपनी जग्गा प्रदान

Jasus Khabar 3925+ समाचार ( )
१ जेठ २०८२

बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गरेका छन्।  

गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना र गिरिराजको मूर्ति निर्माणको उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म सञ्चालित महायज्ञमा जग्गाबाहेक एक करोड पाँच लाख रुपैयाँ नगद सङ्कलन भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले राससलाई बताए।  

बेनी नगरपालिका र वडा नं २ का जनप्रतिनिधिले गौशालाको पूर्वाधार निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, ३८ फिट अग्लो गोवर्द्धन पर्वतको निर्माण आगामी छ महिनाभित्र सम्पन्न गर्ने गरी सुरु भएको छ। रासस

प्रतिक्रिया