एनआईसी एसिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउनेगरी सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता भएको छ ।>
सम्झौता भएसँगै एनआईसी एसिया बैंकका ग्राहकले पहिलोपटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५०० रुपैयाँ र संस्थागत रुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।>
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन् ।>
ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेटसँगै आईपीटीभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै, हाल सेवा लिइरहेका ग्राहकले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।>
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकले सेवा लिनुपूर्व सिजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्नेछ ।>>