सडक चिप्लो हुँदा नारायणगढ-बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध यातायात मन्त्री देवेन्द्र दाहाल पनि चार घन्टासम्म जाममा परेका थिए

Jasus Khabar 3958+ समाचार ( )
५ वैशाख २०८२

नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध भएको छ। नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार दाउन्नेमा हिजोदेखि सडकमा जाम हुँदा सवारी आवागमनमा अवरुद्ध भएको हो।  

बर्दघाट र दुम्कीबासको बीचमा पर्ने १३ किलोमिटर सडक खण्डमा हिजो ३ बजेदेखि सवारी साधन जाममा परेको उनले जानकारी दिए।  

'हिजो ३ बजे पानी परेपछि सडक चिप्लो हुँदा तीन घण्टा ठप्प भयो,' इन्जिनियर खनालले भने, 'त्यसपछिको जाम अहिलेसम्म जारी छ।' बिस्तारै गाडी चले पनि जाम यथावत रहेको उनले बताए।  

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि चार घन्टासम्म जाममा परेका थिए। जामका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने हजारौँ यात्रु अलपत्र परेका छन्।

दुम्कीबास नजिकैको घ्यु खोला क्षेत्रमा सडक चिप्लो हुँदा जाम हुने गर्दछ।

प्रतिक्रिया