नेता हैदर अलीमाथि चरित्र हत्या प्रयास, के छ कानुन ?

Jasus Khabar 3958+ समाचार ( )
१६ कार्तिक २०८२

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी जिल्लाका सदस्य तथा युवा नेता हैदर अलिले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् । 


शनिबार इनरुवामा पत्रकार सम्मेलन गर्दै युवा नेता अलिले भ्रष्टाचार विरुद्ध आवाज उठाउदा र जनताको बलियो समर्थन पाईरहेका बेला नभएका कुराहरूको आरोप लगाउदै आफूलाई नियोजित रूपमा झूटो आरोप लगाइएको आरोप लगाउनुभयो ।


सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ चिरौलीचोकमा २०८२ कात्तिक १३ गते बिहीबार नेविसंघका नेता सेराज हुसेन र स्थानीय बासिन्दा अन्सारीबीच भएको घटनालाई लिएर नेविसंघका नेता सेराज हुसेनले आफ्नो चरीत्र हत्या गरेको नेता हैदर अलिले बताउनुभयो ।


नेता अलिले आफ्नो नाम जोड्दै नेविसंघ र तरुण दलले सार्वजनिक गरेको विज्ञप्ति मार्फत आफुमाथि मिथ्या, गलत र अपमानजनक आरोप लगाइएकोप्रति घोर आपत्ति जनाएको हो। अलिले घटनास्थलमा दुवै पक्षबीच भएको झगडा छुट्याउने र मानिसहरूलाई जोगाउने काम गरेको स्पष्ट देखिएको भएपनि आफुलाई नियतबस आफ्नो छवि धूमिल गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले आफ्नो चरित्र हत्या गर्ने प्रयासमा संलग्न सेराज हुसेनमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो ।


आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा आफू स्वयंम प्रहरी कार्यालयमा उपस्थित हुने बताउदै उनले आफूमाथि भएको प्रहारले आफूलाई अझ बलियो र दह्रो बनाएको बताए । 


के छ कानुन ?


नेपालको संविधान २०७२ को मौलिक हकमा नै गोपनियता सम्बन्धी अधिकारको व्यवस्था गरेको छ। त्यसैगरी वैयत्तिक गोपिनीयता सम्बन्धी ऐन २०७५ को पनि व्यवस्था भैसकेको छ। कानुनमा व्यवस्था भएअनुसार प्रत्येक व्यक्तिलाई निजको चरित्र वैयत्तिक आचरण र व्यवहारको गोपनियता राख्न पाउने अधिकार हुनेछ।


कसैले कुनै व्यक्तिको चरित्रमा आघात पार्ने बेइज्जती हुने वा अपमान हुने वा आत्मसम्मानमा ठेस पुग्ने वा निजको आचरण वा व्यवहार सम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न वा गराउन हुँदैन। यदि यस्तो गरेको पाइएमा तीन वर्षसम्म कैद र तिस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया