हुम्लाका दुई गाउँपालिकामा नेपाल टेलिकमको २जी र ४जी सेवा विस्तार

Jasus Khabar 3958+ समाचार ( )
३१ भाद्र २०८२

 नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाका दुई दुर्गम गाउँपालिकामा २जी र ४जी सेवा सञ्चालनमा ल्याएको छ। यसबाट त्यहाँका स्थानीयले उच्च गतिको इन्टरनेट सेवा उपभोग गर्न पाएका छन्।

सर्केगाड गाउँपालिकामा सेवा विस्तार

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

नेपाल टेलिकमले सर्केगाड गाउँपालिका-१ मा २०८२ भाद्र २५ गतेदेखि २जी र ४जी सेवा सुरु गरेको छ। यस सेवाबाट वडा नम्बर १, २, ४, ५, र ६ मा पर्ने जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, र लुम लगायतका क्षेत्रका बासिन्दाहरूले उच्च गुणस्तरको ४जी सेवाको लाभ उठाउन पाएका छन्।

चंखेली गाउँपालिकामा सेवा विस्तार

त्यसैगरी, कम्पनीले चंखेली गाउँपालिका-६ मा पनि भाद्र २७ गतेबाट २जी र ४जी सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा चंखेली गाउँपालिकाका वडा नम्बर ४, ५, र ६ अन्तर्गत पर्ने बरैहीगाउँ, सरु, देउली, निमिगाउँ, र चंखेली लगायतका क्षेत्रमा उपलब्ध छ।

नेपाल टेलिकमले देशका दुर्गम क्षेत्रहरूमा पनि दूरसञ्चार सेवा पुर्‍याउने कार्यलाई निरन्तर प्राथमिकतामा राख्दै आएको प्रवक्ता रविन्द्र मानन्धरले बताएका छन्।

प्रतिक्रिया