सदरमुकाममै २० लाखको चोरी

Jasus Khabar 3959+ समाचार ( )
२२ जेठ २०८२

रौतहटको गौरमा गएराति तीन घरमा चोरी भएको छ। 

गौर नगरपालिका–३, सबगढा गाउँमा मंगलबार राति चोरले घरको भित्ता फुटाएर चोरी गरेको प्रहरीले बताएको छ।

सबगढा गाउँका मेथुर साह, भगिरथ साह र सुरेन्द्र साहको घरमा चोरले पछाडिको भित्ता फुटाएर लाखौंको सामान चोरेका छन्। चोरले नगद, गहना, मोबाइल फोनलगायतका सामान गरी करिब २० लाख मूल्य बराबरको धनमाल चोरेको पीडितले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रामकुमार महतोले घटनाको अनुसन्धान भइरहेको बताए। गर्मी बढेसँगै जिल्लामा चोरीका घटना बढेका छन्। केही दिनयता गौर, गरुडा र कटहरियालगायतका ठाउँमा चोरीका घटना भएका छन्।

प्रतिक्रिया