मोहसिम अंसारी >
सुनसरी - हरिनगर गाउँपालिका वडा नं-५ स्थित वसन्तपुरमा आगजनी पिडित परिवारलाई घरको छाना टिन वितरण गरिएको छ। >
हरिनगर गाउँपालिका वडा नं-५ स्थित वसन्तपुरमा साेमबार भएको भिषण आगलागीबाट ११ घर परिवारलाई जलेर नष्ट भएपछि ३ कछ २७ पिस टिन वितरण गरिएको हो। >
११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि जियाउल हक मेमोरियल ट्रष्ट च्यारेटीका अध्यक्ष डा खालिद हक हुसैनले निरीक्षण गरि उक्त घरको छाना टिन वितरण गरिएको हो। >
पीडित सबै घर परिवारलाई हौसला प्रदान गर्नुहुनुहुँदै पिडित परिवारलाई जियाउल हक मेमोरियल ट्रष्ट च्यारेटीका अध्यक्ष डा खालिद हक हुसैनले थप अझै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। >>