धनकुटा । धनकुटामा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक कार नियन्त्रणमा लिएको छ।>
बुधबार बिहान साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाटको टोलीले कार जाँच गर्न रोक्दा उक्त सवारी फरार भएको थियो।>
>
पछ्याउँदा दुर्घटनामा परेर रोकिएको कारमा खोजतलास गर्दा १२ वटा बोरामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार कार चालक भने घटनापछि फरार भएका छन्।>
>
बरामद कार र गाँजा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।>
>
सशस्त्र प्रहरीले लागूऔषध तथा आपराधिक गतिविधि नियन्त्रणमा चेकजाँचलाई कडाइका साथ अघि बढाइएको पनि जनाएको छ।>
>