करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

Jasus Khabar 3959+ समाचार ( )
१ श्रावण २०८२

 सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा करेन्ट लागेर ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।

एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया