कारागार फर्किए पूर्वमन्त्री टोपबहादुर रायमाझी

Jasus Khabar 3925+ समाचार ( )
७ अशोज २०८२

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पुनः सुन्धारा कारागार फर्किएका छन्।

उनी सोमबार साँझ आफैं कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री रायमाझी स्वेच्छाले फर्किए पनि सोही प्रकरणमा संलग्न पूर्वगृहसचिव टेकनारायण पाण्डे भने अझै फर्किएका छैनन्।

कतिपयलाई खोजी जारी रहेको र केहीले आफैं आउने जानकारी दिएको कारागार प्रमुख चापागाईंले बताए।

यसैबीच, सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पनि बुधबार सुन्धारा कारागार फर्किएको चापागाईंले पुष्टि गरेका छन्।

प्रतिक्रिया