भारतमा कोरोना संक्रमणले दुई दिनमा २१ को मृत्यु

Jasus Khabar 3958+ समाचार ( )
१९ जेठ २०८२

 भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्ला  दुई दिनमा २१ जनाको मृत्यु भएको छ। अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ।

सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित छन्। महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोना संक्रमित छन्।

पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नेपालमा पनि यसको खतरा बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार