को लाहोरमा रहेको एक एयर डिफेन्स सिस्टम ध्वस्त बनाएको दावी गरेको छ । विश्वसनीय जनाकारीको हवाला दिँदै यस्तो दावी गरिएको हो ।>
भारतीय रक्षा मन्त्रालयले पाकिस्तानले ड्रोन तथा मिसाइलबाट भारतका थुप्रै सैन्य क्याम्पलाई निशाना बनाउने प्रयास गरेको बताएको छ । र, ती सबै आक्रमणहरूलाई निस्तेज पारिएको भारतीय पक्षको दावी छ ।>
उता पाकिस्तानले पनि भारतमाथि यस्तै आरोप लगाएको छ । साथै पाकिस्तानमाथि आक्रमण गर्न प्रयोग भएका भारतका २५ वटा ड्रोन ध्वस्त बनाएको पाकिस्तानको दावी छ । पाकिस्तानका अलग-अलग शहरमा ती ड्रोन खसालिएको पाकिस्तानको दावी छ ।>>