ताप्लेजुङमा आगलागी, एक घर जलेर नष्ट

Jasus Khabar 1+ समाचार ( )
एक घर जलेर नष्ट
१२ कार्तिक २०७९

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आगलागीका कारण एक घर जलेर नष्ट भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको तामाङले जाकारी दिए ।

आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए।

प्रतिक्रिया