सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा सशस्त्र प्रहरीले ठूलो परिमाणको अवैध गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएकाे छ।>
शनिबार राति करिब साढे ११ बजे सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक अदिलशेर लिम्बुको कमाण्डमा खटिएको सात जनाको मोवाइल गस्ती टोलीले धार जाने बाटोमा शंका लागेर सोधपुछ गर्दा हरिनगर गाउँपालिका-२ बस्ने अन्दाजी ३० वर्षीय कैला अन्सारीको साथबाट २ वटा कालो प्लास्टिकको पोका र १ वटा ब्यागमा राखिएको करिब ६१ किलोग्राम गाँजा फेला पारेको हो।>
निजले उक्त पदार्थ टाउकोमा बोकी दक्षिणतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट Readme–10 कम्पनीको एक थान मोबाइल फोन पनि बरामद गरिएको छ।>
>
बरामद गरिएको गाँजा सहित पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएकाे सशस्त्र प्रहरी बलले जनाएको छ।>>