पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको छः ओली

Jasus Khabar 1+ समाचार ( )
२९ मंगशिर २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ ।

शुक्रबार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको पार्टीको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल मुलत पहाडी देश भएपनि यसको उचित सदुपयोग गर्न नसकेको बताउनुभयो ।

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकीकरण, वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताउनुभयो ।




प्रतिक्रिया