दक्षिणी इजरायलमा मिसाइल हमला : तीनको मृत्यु, केही घाइते

Jasus Khabar 3945+ समाचार ( )
१० आषाढ २०८२

इजरायलको आपतकालीन सेवाले दक्षिणी इजरायली सहर बियर शेभामा रहेको एक आवासीय भवनमा क्षेप्यास्त्र प्रहार हुँदा तीन जनाको मृत्यु भएको बताएको छ।

आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) ले यसअघि करिब ४० वर्षीय एक पुरुष, करिब ३० वर्षीय एक महिला र करिब २० वर्षीय एक पुरुष गम्भीर घाइते भएको बताएको थियो। 

एमडीएको प्रवक्ताले हल्कादेखि मध्यम चोटपटक लागेका अन्य छ जनाको उपचार भइरहेको जानकारी दिएका छन्।

इजरायली रक्षा बलले इरानबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्र पहिचान गरेर स्थानीय बासिन्दालाई बम आश्रयस्थलमा प्रवेश गर्न निर्देशन दिएको बताएको छ। एजेन्सी

प्रतिक्रिया